सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने

सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने

काठमाण्डौ पुष १८ । प्रदेश नं २ को सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले उक्त प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा लगेकोमा सो सम्बन्धी निर्णय भएको बताइएको छ ।

सो प्रतिष्ठान सप्तरीको राजविराजमा स्थापना हुने जनाइएको छ । प्रतिष्ठानबाट प्रदेश नं १ र २ का विरामीहरुले उपचार सुविद्या प्राप्त गर्ने अपेक्षा गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्