विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

बिराटनगर पुष १८ ,

विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ।

विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि काठमाडौंलगायत विभिन्न विश्वविद्यालयका प्रबिधिसम्बन्धी विशेषज्ञहरू सहभागी हुने छन् ।

इसेवाबाट टिकट बुकिङ गर्न सकिने !

सुविसु क्यान इन्फोटेक २०१९ को टिकटिङ साझेदार इसेवा रहेको छ  । बिराटनगरमा हुदै गरेको क्यान इन्फोटेक २०१९ मा इसेवा मार्फत पनि टिकट काट्न सकिने इसेवाका प्रणब श्रेष्ठले आवर बिराटनगरलाई जानकारी दिए । इसेवाको मोबाइल एप साथै इसेवा लगइन गरेर क्यान इन्फोटेक २०१९ को टिकट काट्न सकिने श्रेष्ठले बताए ।

साथै इसेवाको स्टल पनि क्यान इन्फोटेकमा हुने हुदा त्यहाँबाट पनि इसेवाका सेवा लिन सकिने श्रेष्ठले बताए । साथै स्टलमा आएर इसेवाको सेवा लिने ग्राहकलाई बिभिन्न अफर साथै पुरस्कारको समेत बेवास्था गरिएको छ ।

के हुदैछ क्यान इन्फोटेकमा?

इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम पनि मुख्य आकर्षण हुने छन् ।इन्फोटेकमा सहभागिताका लागि अनलाइन र अफलाइन नाम दर्ताको व्यवस्था मिलाइएको आयोजक समितिका सदस्य स्वप्निल कार्कीले जानकारी दिए ।

टिकट काटेका मध्ये लक्की ड्र मार्फत दुबई भ्रमण गर्ने अवसर प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्