अनसन बस्नको लागि इलाम पगे डा. गोविन्द केसी

अनसन बस्नको लागि इलाम पगे डा. गोविन्द केसी

काठमाडौं पुष १८ ।

डा. गोविन्द केसी १६ औँ पटक अनसन बस्नको लागि इलाम पगेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बसेका केसीले आफ्नो माग पुरा गर्नको लागि सरकारलाई मंगलबारसम्मको अल्टिमेट दिएका थिए । तर सरकारले आफ्नो माग पुरा गर्ने छाँट नदेखाएपछि उनी फेरी अनसन लागेको उनका सहयोगी अभिषेक राज सिंहले बताएका छन् ।

केसीले बुधबारदेखि अनसन शुरु गर्ने तयारी गरेको बताइएको छ । उनले यसपटकको अनसनमा सरकारसँग ३ बुँदे माग राखेका छन् । उनको ३ बुँदे मागमा १५ औं सत्याग्रहका क्रममा गत साउन १० गते  सरकारसँग भएको सम्झौता कार्यान्वयन, सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य   विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न, सम्झौता बमोजिम अक्षरस चिकित्सा विधेयक संशोधन गरेर संसदबाट चिकित्सा शिक्षा ऐनको पारित रहेको छ ।

साथै उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि माग गरेका छन् ।

यसका साथै केसीले आफ्नो दोस्रो मागमा निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

तेस्रो बुँदामा केसीले सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्