डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा,  माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption]

विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन चाहेका छैनन्। इलामका उनका सहयोगीहरुका अनुसार उनले बुधबार बेलुकादेखि अनसन सुरु गर्ने बताएका छन्।

डा. केसी अनसन बस्ने संभावित स्थानमा सुरक्षा सतर्कता बढाइएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। तर डा. केसी कुन स्थानमा अनसन बस्ने यकिन नभएको प्रजिअ तिमिल्सिनाले बताए। डा. केसीका सहयोगीहरुले भने अनसन स्थलको यकिन भइसकेको तर सार्वजनिक नगरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्