विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल तस्बिरमा !

विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल तस्बिरमा !

विराटनगर, १८ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भ्रमण गर्न पाउने छिन् ।

त्यसैगरि मिस पूर्वेली सुपर मोडलको फस्ट रनर अपको उपाधी आँचल मल्लिकले पाएकी छन् । उनले नगद एकलाख सहित ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भम्रण गर्न पाउने छिन् । यस्तै सकेन्ड रनरअप मन्दिरा दुमी राई भएकी छिन् । उनले नगद ५० हजारसँगै वालीको भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण बेस क्यापको भम्रण गर्न पाउने छिन् । तीनै जनाले सानिमा इन्स्योरेन्सलको तर्फबाट मिस पुर्बेलीले १० लाख र फस्ट र सेकेण्ड रनरअपले ५–५ लाखको निशुल्क जीवन बिमा गराउन पाउनेछन् ।

तस्बिरमा हेर्नुहोस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्