सुनसरीका निरोजको १० लाख लुटियो,पछाडिबाट रडले हानेर लुटे

सुनसरीका निरोजको १० लाख लुटियो,पछाडिबाट रडले हानेर लुटे

काठमान्डौ पुस १८।

सिन्धुपाल्चोकमा दिउँसै लुटपाट भएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित चौहत्तरकिलोमा सुनसरी धरानबराह नगरपालिका–१ बस्ने निरोज घिमिरेको १० लाख नगद लुटिएको हो ।

बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार भई काठमाडौबाट चौहत्तरकिलो भन्ने स्थानमा पुगेर खाजा खाँदै गर्दा ३ जनाको समूहमा आएका लुटेराले पछाडिबाट रडले हानेर १० लाख लुटेका हुन् ।

घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्