मोरङ प्रहरीले बाँड्यो जाडोकालागि कम्बल, विराटनगरका ७६ जनाले पाए राहत

मोरङ प्रहरीले बाँड्यो जाडोकालागि कम्बल, विराटनगरका ७६ जनाले पाए राहत

विराटनगर, १८ पुस ।
जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा कम्बल बितरण गरेको छ । बिराटनगर महानगरपालिका १५ को दुर्गा मन्दिरमा आर्थिक अबस्था कमजोर भएका नागरिक पहिचान गरी ७६ जनालाई कम्बल वितरण गरिएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक केदार रिजालले उनीहरुलाई जाडोको लागि कम्बल बितरण हुन् । बिभिन्न राजनितिक दल, स्थानिय सर्बसाधारण, सामुदायिक सेवा केन्द्र रानीका पदाधिकारी सहित करिब १५० जनाको उपस्थितीमा विपन्न परिवारलाई राहत बितरण गरिएको थियो । विराटनगर ३ का उद्योगी श्रीनिवास सारडाले उपलब्ध गराएको कम्बल ति बिपन्नसम्म पुर्याउने काम प्रहरीबाट भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्