काठमाडाै, १८ पुस । त्रिभुवन विश्वविद्यालयले विगतका बर्षहरुमा गर्दै आएको हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । विगतका वर्षहरुमा त्रि. वि. ले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो ।
त्रि. वि. ले स्नातकोत्तर तहमा सेमेष्टर प्रणली अनुसार पठन-पाठन संचालनमा ल्याएपछि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने कुरा जनाउँदै विगतका बर्षहरुका विदालाई समायोजन गरेर अध्ययन अध्यापनमा अनुकुलता मिलाई शैक्षिक क्यालेण्डरलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । अवदेखि वर्षे विदा २२ दिन र हिउँदे विदा २३ दिन दिने भएको छ ।