नेपाल पत्रकार महासंघको साधारण सभाको तयारी, १० लाखको अक्षयकोष स्वीकृत

नेपाल पत्रकार महासंघको साधारण सभाको तयारी, १० लाखको अक्षयकोष स्वीकृत

विराटनगर, १७ पुस ।
नेपाल पत्रकार महासंघ मोरङको १३ औ साधारण सभाको तयारी तिब्र पारेको छ । अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा साधारण सभा गर्न ५ वटा उपसमितिगठन गरेको छ । नेपाल पत्रकार महासंघले स्थापना गरेको प्रतिभा पुरस्कार–२०७४ बाट महासंघकी साधरण सदस्य न्युज २४ की तारा आचार्यलाई प्रदान गर्ने र नगरविकास पत्रकारिता पुरस्कार–२०७४ पत्रकार ध्रुब भट्टराईलाई प्रदान गर्ने महासंघले निर्णय गरेको हो । सल्लाहकार विक्रम निरौला संयोजक रहेको पुरस्कार छनौट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको सचिव अर्जुन आचार्यले जानकारी दिए । त्यस्तै महासंघका लागि पुरस्कार स्थापना गर्नका सम्झौता अनुसारको अक्षयकोष स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।
पत्रकार कोषराज स्मृति पत्रकारिता पुरस्कारका लागि तीन लाख, भवानीदेवी–जीवादेवी रेग्मी स्मृति पुरस्कारका पाँच लाख, नेपाल मुद्रण उद्योग संघले स्थापना गर्ने पुरस्कारका लागि दुई लाखको अक्षयकोष स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्