ईटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

<span class='c1'>ईटहरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>स्कुटर चालकको मृत्यु</span>

सुनसरी, १८ पुस । सुनसरीको ईटहरी उपमहानगरपालिका-८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान  ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको ए एस ०७एसी ५६३३ नम्बरको ग्याँस बोक्ने एलपी ग्याँसकाे ट्रकले पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक बिराटनगरका ५० बर्षीय गिरीराज ढकाल गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि स्थानीय पशुपति मेडिकलमा लगिएकोमा थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा  मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ  । ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्