विराटनगरमा राष्टपतिकाे स्वागत, मुलुककाे उत्पादन पद्धतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त छैन : राष्ट्रपति

विराटनगरमा राष्टपतिकाे स्वागत,  मुलुककाे उत्पादन पद्धतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त छैन : राष्ट्रपति

विराटनगर, १९ पुस ।
राष्ट्रिपत बिद्यादेवी भण्डारीले देशको देशको ठुलो जनशक्ति विदेश पलायन भएको प्रति चिन्ता ब्यक्त गरेकी छिन् । देशमा रोजगारीको शिलशिलामा लाखौ युवा बिदेश पलायन भई रहेकाले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नु पर्ने बताएकी हुन् । भएका युवा शक्ति विदेश पलायन हुने अनी स्वदेशमै दक्ष जनशक्तिको अभाव हुनुले आजको युगको माग र आबस्यकलातालाई धान्ने खालको शिक्षा प्रणाली औल्याउन नसक्नु नै चुनौती रहेको बताईन् ।
पुर्वाञ्चल विश्व बिद्यालयको रजत जयन्तीको अबसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्टपति भण्डारीले राष्ट्रको जनशक्ति आफ्नै देशमा खपत हुनेखालको शिक्षा दिन पुर्वाञ्चल विश्वबिद्यालयलाई सुझाव दिईन् ।
विश्वबिद्यालय ज्ञान, बिज्ञान, अध्ययन अनुसन्धान, चिन्तन र मननको स्थल भएकोले त्यही मापदण्ड अनुसार नै विश्वविद्यालयले अध्ययन अध्यापन पद्धतीमा काम गरेको होला भन्ने आशा ब्यक्त गरिन ।
गुणस्तरिय पठन पाठनको अभाव, आबस्यक शैक्षिक पुर्बाधारको कमी, प्रतिस्पर्धि अध्ययन, अध्यापन कार्य नहुँदा कलिला बालबालिका देखि युवासम्म अध्ययनको लागि विदेश पलायन हुने प्रबृती देशको लागि दुखद रहेकोले यस्तो अबस्था रोक्न विश्व बिद्यालयले भुमिका खेल्नु पर्ने बताईन् ।
‘मुलकुकाे उत्पादन पद्धतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त नभएको हो की भन्ने मलाई लागेको छ, राष्टपति भण्डारीले भनिन्, यसको दायित्व अहिले शिक्षा प्रदान गर्ने विश्वबिद्यालयहरुले लिनुपर्छ ।’
प्राकृतिक श्रोत साधनले अपार संभावना रहेको तथा अन्नको भण्डारको रुपमा प्रख्यात पुर्वाञ्चलमा अब कृषिको बिषयलाई अध्ययन र छलफलको बिषय बनाइ यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने ठोस परिवर्तन ल्याउन सकिने उनको तर्क छ । युवा शक्ति बैदेशिक रोजगारी तथा शिक्षाको लागि विदेश जान रोक्नु पर्नेमा जोड दिएकी राष्टपतिले ऋण बोकेर बिदेश जाने प्रबृतीलाई अन्त्य गर्न जरुरीको बताईन् ।
आफु उच्च तहमा पुग्न पुर्बकाे देन रहेको बताउँदै राष्टपति भण्डारीले आवस्यक छलफल र सहयोग गर्न आफु तयार रहेको बताईन् । विश्वविद्यालय रहेको गोठगाउँमा सबै संरचना संचालनमा ल्याएर कार्यक्रम संचालन गर्न लागेको बिषय थाहा पाउँदा आफुलाई खुसी लागेको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्