सुनसरी-माेरङमा भएकाे सवारी दुर्घटनामा दुईको मृत्यु, २ जना घाईते

सुनसरी-माेरङमा भएकाे सवारी  दुर्घटनामा  दुईको मृत्यु, २ जना घाईते

विराटनगर, १९ पुस । १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । सुनसरीको ईटहरी नगरपालिका-८ कोशीराजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  इटहरी बाट विराटनगर तर्फ  आउँदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई कन्काई ग्यास बाेक्ने भारतीय नम्बरकाे ट्रकले पछाडीबाट ठक्कर दिदा बिराटनगरका गिरिराज ढकाल गम्भिर घाइते भएका थिए ।  उनकाे विराटनगर न्युरो अस्पतालमा ज्यान गएकाे हाे ।

त्यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका-१ हरियाली वन अगाडि सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा मोटरसाईकलको ठक्करबाट १ साईकलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर अचेत अवस्थामा फेला परेका कानेपोखरी गाउँपालिका-४ हरकपुर बस्ने बर्ष ४० को सुर्य भट्टराईलाई उपचारकोलागी कोशी अंचल अस्पतालमा ल्याईएकाेमा   उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यसैगरी मोरङको कानेपोखरी गाउँपालिका-७ मा सवारी दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन । पूर्ब पश्चिम राजमार्गमा पूर्बबाट पश्चिम तर्फ जादै गरेकाे भारतिय कारले  को ३१ प ४७७७ नम्बरको स्कुटीलाई ठक्कर दिदा  झापा कमल गाउँपालिका-५ बस्ने बर्ष २८ का कुमार लिम्बु  र पछाडी सवार बर्ष ४४ का भुपेन्द्र लावती घाईते भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्