सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने, १३ दिन थप बिदा दिने तयारी

<span class='c1'>सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने,  १३</span> <span class='c2'>दिन थप बिदा दिने  तयारी</span>

काठमाडाै, १९ पुस ।  सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने निर्णय गरेको छ। सरकारले १३ दिन थप सार्वजनिक बिदा दिने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहनुभएको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो।

२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले थप पर्वमा बिदा दिन लागेको हो। कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले बिदा घोषणा गर्दै आएको थियो । सरकारले पर्वहरुको बिदा काटेको भनी आलोचना भईरहेको समयमा यस्तो निर्णय भएको हो। आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो। यस्तै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल फित्र, बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ।

त्यस्तै क्रिश्चिनय महासंघको माग तथा बिदा पुनरवलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ। त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ। सवै समुदाय र जातजातीको भावनाको कदर गर्दै बिदा थप गर्ने निश्कर्षमा सरकार पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्