झापामा मोटरसाइकल-जिप ठोक्किएर दुईजनाको मृत्यु

झापामा मोटरसाइकल-जिप ठोक्किएर दुईजनाको मृत्यु

 झापा, १९ पुस । झापा जिल्लाको शिवसताक्षीस्थित माइधारनजिकै पूर्वपश्चिम राजमार्गमा बिहीबार दिउँसो    मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार ताप्लेजुङ जिल्ला फूङलिङ नगरपालिका १० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्वूको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पूर्ववाट पश्चिमतर्फ आउँदै गरेको वा ३ च ३१३८ नम्बरको बोलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर सो दुर्घट्ना भएको हो। दुर्घटनावाट गम्भीर घाइते भएका दुवैजनाको विर्तामोडको विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्