पाँचथरकाे मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु

पाँचथरकाे मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु

पाँचथर, १९ पुस। मिक्लाजुङ–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ । सप्तमी बजारका एक सय दश घरधुरी लाभान्वित हुने गरी वायु र सौर्य उर्जाको समन्वयबाट बिजुली निकालिएको हो । दुई बर्ष अघि परिक्षणका लागि राखिएको वायु उर्जाको टावरबाट गत पुष पहिलो सातादेखि विजुली उत्पादन सुरु भएको हो । टावरमा जडान गरिएको दुई वटा विन्डर (पङ्खा) मार्फत् २० किलोवाट विजुली उत्पादन भइरहेको उपभोक्ता समिति अध्यक्ष गंगा आङदेम्बेले बताए । उनका अनुसार वायु उर्जाबाट २० र सौर्य उर्जाबाट ५० गरी ७० किलोवाट विजुली उत्पादन भइरहेको छ । सौर्य उर्जाका लागि एक सय ५२ वटा सोलार प्यानल राखिएका छन् ।

बर्षौंदेखि बिजुली बत्तिको सुबिधा उपभोग गर्नबाट बञ्चित रहेका सप्तमी बजारबासी वायु–सौर्य उर्जा मार्फत् विजुली बाल्न पाएपछि खुसी भएका छन् । सप्तमी सौर्य–वायु उर्जा मिनी ग्रिड योजना मार्फत बजारबासीलाई बिजुली बत्तिको पहुँचमा पु¥याइएको उपभोक्ता समिति अध्यक्ष आङदेम्बेले बताए । एसियाली विकास बैंकको चार करोड ५० लाख रुपैंयाँ आर्थिक सहयोग तथा कूल लागतको दश प्रतिशत स्थानीयको लगानिमा वायु–सौर्य उर्जाबाट विजुली निकालिएको हो ।

योजनाको कामको जिम्मा काठमाण्डौंको टपसन इनर्जी र मोरङको कृष्ण ग्रिल कम्पनी जेभी वीराटनगरले पाएका थिए । योजनालाई वैकल्पिक उर्जा बिकास केन्द्र काठमाण्डौंले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । घर–घरमा बिजुली बाल्न पाएपछि सिंगो बजारबासीमै खुसीयाली छाएको स्थानीय रदिप आङदेम्बेले बताए । प्रायः वेगमा हावा चलिरहने र हुस्सु लागि रहने पाँचथर–इलाम सीमावर्ती सप्तमी बजारमा दुई वर्ष अघि वायु–सौर्य उर्जाको परिक्षण सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्