आफु पढेको विराटनगरको महेन्द्र मोरङ कलेजमा राष्ट्रपतिको चासो, खुसी हुँदै अवलोकन (भिडियाे)

आफु पढेको विराटनगरको महेन्द्र मोरङ कलेजमा राष्ट्रपतिको चासो, खुसी हुँदै अवलोकन (भिडियाे)

प्रेम देवान ।
विराटनगर १८ पुस । एउटा पुरानो शैक्षिक ईतिहाँस बोकेको विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस अन्य दिन भन्दा बिहीबार फरक थियो । क्इउाम्पसको मुख्यद्वारदेखि नै सजाईएको थियो थियो । क्याम्पस प्रवेशद्धारामा माला र व्यानरले सजिएको थियो । खास गरी राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार आफूले अध्ययन गरेको क्याम्पस बिराटनरमा आएकी हुन् । उनको स्वागतको लागि क्याम्पसले सरसफाई मात्र गरेको थिएन केही दिन अगाडी देखि नै कर्मचारी तयारी अबस्थामा थिए ।
राष्ट्रपति भण्डारीले आफुले अध्ययन गरेको क्याम्पसको अवस्थाको बारेमा जानकारी लिन मात्र आएकी हैनन ,उनलाई क्याम्पसले नागरिक अभिनन्दनको लागी तयारी गरेको थियो ।

क्यापसले राष्ट्रपतिलाई कलेज प्रवेशद्धरादेखी भव्य स्वागत गरीएको थियो । राष्ट्रपतिले २०३९ सालदेखि ४१ सालसम्म यही क्याम्पसमा पढेकी थिईन् । उनले यो क्याम्पस भर्ना हुँदा विद्यादेबी पाण्डेको नाममा रोल नम्बर ३२० थियो । मानविकी संकायमा अध्ययन गरेकी भण्डारीले सोही क्याम्पसबाट २०४० सालमा अनेरास्वबियुको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
राष्ट्रपति भण्डारीले क्याम्पस परिसरमा रहेको सरस्वती मन्दिरको दर्शन अनि आफू स्ववियुमा कोषाध्यक्ष भएको बेलाको भवनको अवलोगन समेत गरेकी थिईन् । खास गरी पुर्वाञ्चल विश्व बिद्यालयमा रजत जयन्ती मनाउन आएकी राष्ट्रपति भण्डारी विश्वबिद्यालयको कार्यक्रम सके लगतै महेन्द्र मोरङ क्याम्पसमा पुगेकी थिईन् । राष्ट्रपतिले क्याम्पसको अवलोकन पस्चात विद्यादेवी भण्डारीलाई क्याम्पसले नागरिक अभिनन्दन गरेको थियो । नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफुले पढेको कलेजमा यस अगाडी नै आउने योजना बनाएको भएपनि बभिन्न समस्याका कारण आउन नसकेको बताईन् ।
आफ्नै कलेजमा पढेकी राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा क्याम्पसका सबै कर्मचारी तथा क्याम्पस प्रमुख खुसी थिए । तर जती राष्ट्रपतिलाई सुनाउनु पर्ने थियो त्यो अनुसार सुनाउन सकेनन् । क्याम्पस प्रमुम बाबुराम तिमल्सिनाले स्वागतको क्रममा क्याम्पसको कुरा जति सुनाए त्यो बाहेक कुनै कुरा कसैले क्याम्पसको बारेमा राख्न पाएनन् । झण्डै ३५बर्ष पछि फर्किएकी राष्ट्रपति भण्डारीको आगमनले क्याम्पसले कतिको फाईदा लिन सक्ने हो त्यो भोलीको दिनले बताउने नै छ ।

https://www.facebook.com/ourbrt/videos/965393573650020/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्