ईलाममा आज हुने लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको कांग्रेसले किन विरोध जनायाे

ईलाममा आज हुने लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको कांग्रेसले किन विरोध जनायाे

इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार गर्न अपिल गरेको हो ।कांग्रेसले नेकपा सरकार दुई तिहाइको दम्भ र अधिनाकवादी शासनका कारण असफलता तर्फ उन्मुख भइरहेका आरोप लगाउँदै हत्या, हिँसा, बलात्कार तस्करी र भ्रष्टाचारलाई मलजल र संस्थागत गरेर जनतामाझ मात्र नभइ आफनै पार्टीभित्र समेत आलोचित भइरहेको ओलीलाई इलाम नगरबासीले तिरेको करको दुरुपयोग गर्दै आफना कार्यकर्ता भरणपोषण गर्न  नागरिक अभिनन्दन गर्ने निर्णयले नगरबासी र सम्पूर्ण इलामबासीको चेतनाको अवमूल्यन र मानमर्दन गरेको उल्लेख गरेको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई माफियाकरण गरेको, प्यासाफिक समिटका नाममा कुटनीतिक मर्यादाको धज्जी उडाएको, ३३ केजी सुन प्रकरणमा हस्तक्षेप गरी निस्क्रिय बनाएको, निर्मला पन्त हत्याकाण्डका दोषीलाई कारबाहीको दायरामा नल्याई गैर जिम्मेबारपुर्ण अभिव्यक्ति दिएको, तिन तहका सरकारबाट जनतालाई करको मारमा पारेर आतंक सृजना गरेको जस्ता विभिन्न आरोप कांग्रेसले लगाएको छ । नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्मचार्यले काँग्रेसका नेता एवम कार्यकर्ताहरुलाई ओलीको अभिनन्दन बहिष्कार गर्न आग्रह गरेका छन ।

प्रधानमन्त्री ओली पाँचथरको रविमा बाटो शिलान्यासपछि आज इलाममा हुने लगानी सम्मेलनको उद्धघाटन र नागरिक अभिनन्दन ग्रहण गर्न जाने तय भएको छ । यसअघि गत १७ गते नेपाली कांग्रेसले विज्ञप्ती जारी गर्दै लगानी सम्मेलन र प्रधानमन्त्रीको अभिनन्दनको विरोध जनाएको थियो । न्युज २४ नेपाल डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्