झापामा एकल महिलालाइ जस्तैगरी एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

झापामा एकल महिलालाइ जस्तैगरी एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भत्तावापत मासिक रु ५०० का दरले भत्ता दिइँदै अाएकाे छ ।

‘एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ, असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ,’ उनले भने ।

गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो ।  त्यसैगरी ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा पनि मासिक रु ५०० थपेर प्रदान गर्दै आएको पनि अधिकृत दङ्गालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्