पत्रकार महासंघ मोरङको साधारण सभामा प्रदेश सरकारले मुख खाेल्याे ‘पत्रकारलाई अंकुश लगाएको छैन’

पत्रकार महासंघ मोरङको साधारण सभामा प्रदेश सरकारले मुख खाेल्याे ‘पत्रकारलाई अंकुश लगाएको छैन’

विराटनगर, २० पुस ।
एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई अप्ठेरो पार्नेगरी कुनै पनि सरकारले गतिबिधि नगरेको बताएका छन् । नेपाल पत्रकार महांघ मोरङको १३ औ साधारण सभालाई सम्बो धन गर्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले जुन पत्रकारीतामाथि अंकुश लगाएको भन्ने हल्ला मात्र भएको बताएका हुन् । संघीय, प्रदेश र स्थानीय सरकारले पत्रकारीता क्षेत्रमा कुनै अप्ठेरो पार्ने काममा नभएको बताए । तर भुलबस कुनै गल्ती कमीकमजोरी भएकोभए त्यसलाई सच्याएर अगाडी बढ्ने पक्षमा प्रदेश सरकार रहेको स्पष्ट पारे । सही आलोचना र टिप्पणीलाई सरकारले सकारात्मक लिएको छ, उनले भने, तर पत्रकारीता क्षेत्र अब्जसिलो भएकोले धेरै बिषयमा ध्यान दिनुपर्ने खाँचो छ ।
पत्रकारीताको कुनै घटनामा एउटै निश्कर्ष दिन सकेको नसकेको भन्दै पत्रकारीताको माध्याबाट लेखिने कुराहरुको निश्कर्ष एउटै आउनु पर्छ भन्ने आफ्नो मान्यता रहेकोले पत्रकारिता भित्र दलगत विचार आउन नहुने स्पष्ट पारे । समाजका सबै क्षेत्रलाई अग्रसर गराउने क्रममा रहेकोले मिडियालाई कुनै अंकुश लगाउने काम कतैबाट हुन नदिने बताए ।
यस्तै नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले अहिले प्रदेश तथा संघीय सरकारबाट पत्रकारमाथि भएका ब्यवहार निरंकुशता तर्फ अग्रसर रहेको आरोप लगाएका छन् । कुनै बिषय सेयर र साभार गरेको कारण पत्रकार पक्राउ खानु तथा भ्रष्टाचारीलाई कार्वाही गर्न कलम चलाउँदा जेल हाल्ने धम्की दिने काम सरकरबाट भएको उनको आरोप छ । कार्कीले शासन गर्ने सत्तामा जानेहरु स्वेच्छाचारी भयो भनेर त्यसको खबरदारी गर्ने काम पत्रकारको भएकोले पत्रकारले यस्तो र उस्तो गर्यो भनेर अहिलेको सरकार लाग्नु प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक, मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा लगायतले पछिल्लो समयमा भईरहेको पत्रकारीताको अभ्यास र सुधार्नु पर्ने बिषयमा सुझाव दिएका थिए ।
तीन जना सम्मानित
बार्षिक उत्सपको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले तीनजनालाई पुरस्कृत गरेको छ । पत्रकार तर्फ तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारीमा दिपक फुयाँललाई पुरस्कृत गरेको हो ।भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास पत्रकारिता पुरस्कार र आचार्यलाई महासंघद्वारा स्थापित १५ हजार राशीको प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
यस्तैगरि महासंघमा लामो समयदेखि कार्यालय सचिवका रुपमा कार्यरत कर्मचारी दिपक फुयाँललाई ५१ हजार राशीको पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुने तीनै जनालाई प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नगद सहित पुरस्कार बितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्