वाईडबडी प्रकरण : मन्त्रीलाई कार्वाही सिफारिस बारे कांग्रेस सभापति देउवा अनभिज्ञ

वाईडबडी प्रकरण : मन्त्रीलाई कार्वाही सिफारिस बारे कांग्रेस सभापति देउवा अनभिज्ञ

विराटनगर, २० पुस ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए ।
विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै देउवाले सार्बजनिक लेखा समितिले कुनै मन्त्रीलाई कार्वाहीको सिफारिस गरेको भन्ने आफुलाई नलागेको बताएका हुन् । ‘समितिले कुनै मन्त्रीको नाम लिएको छ भन्ने मलाई थाहा छैन, देउवाले भने, छानविन गर्न खोजेको भए छानविनको बिषय ठिकै हो ।’
देउवाले निर्मला पन्त हत्याको बिषय कांग्रेसले कुनै हालतमा त्यतिकै नछाड्ने बताएका छन् । हत्यापछि प्रमाण मेटाउन प्रहरीले लुगा धोयो, नुहाएको छ यो बिषय त्यतिकै छाड्ने बिषय नै नभएको स्पष्ट पारे । उनले योे घटनालाई सामान्य रुपमा नलिन आग्रह गरे । ‘निर्मला पन्तको सानो कुरा हैन, सभापति देउवाले भने, बालिकालाई हत्या गरेको छ यसलाई कुनै हालतमा छाड्दैनौ ।’
ओली सरकार दलदलमा फसिसकेको आरोप लगाएका देउवाले जनतालाई ढाट्ने काम गरेको बताए । आफुले प्रतिपक्षको रुपमा बोल्दा पनि मिडियाले नलेखेको गुनासो गरे ।
तर देउवाले रेशम चौधरीलाई सपथ खुवाएको बिषयमा आफुलाई थाहा नभएको बताएका छन् । वार्तामा बस्ने भन्दै सशस्त्र र नेपाल प्रहरीका दुबै टोलीलाई बिना हतियार बोलाएपछि गएको टालीले ल्याएर कारागार बुझाएको भएपनि किन सपथ खुवाएको हो मलाई थाहा छैन, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्