यस बैंकले देशभरमा २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ । यसले निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकाे बैंकले जानकारी दिएकाे छ ।