भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै, शनिवारदेखि नयाँ तालिका अनुसार उडान हुने

भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै, शनिवारदेखि नयाँ तालिका अनुसार उडान हुने

भोजपुर, २० पुस । भोजपुर-काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिवारदेखि नै शुरु हुने भएको छ । आइतवार र बिहीवार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्