बालविवाहको आरोपमा दुई जना प्रहरी नियन्त्रणमा

<span class='c1'>बालविवाहको आरोपमा दुई</span> <span class='c2'>जना प्रहरी नियन्त्रणमा</span>

ओखलढुङ्गा, २० पुस । बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।  बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए । तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेका विभिन्न अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्