पथरीमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

पथरीमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, २० पुस ।
पुर्ब पस्चिम राजमार्ग अन्तरगत पथरी शनिश्चरेमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । पथरी शनिस्चरे नगरपालिका १ हरियाली वन अगाडि को १ प ८१७१ नम्बरको मोटरसाईकल र साईकल एक आपसमा ठक्कर खाँदा कानेपोखरी गाउपालिका ४ हरकपुर बस्ने बर्ष ४० को सुर्य बहादुर भट्टराई घाईते भएका थिए । अचेत अवस्थामा फेला परेको उनलाई तत्काल उपचारार्थ पथरी अस्पताल पथरी लगिएकोमा थप उपचारको लागि बिराटनगर स्थित कोशी अंचल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको थप अनुसन्धान गर्ने क्रममा मृतक साईकल चालक रहेको र मोटरसाईकल चालक उर्लाबारी नगरपालिका २ सुनझोडका २० बर्षिय गगन थापाले ठक्कर दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्