भोजपुर –काठमाडौँ उडान थप , अब सातै दिन उडान हुने

भोजपुर –काठमाडौँ उडान थप , अब सातै दिन उडान हुने

भोजपुर पुष २१  । भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए ।

यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

त्यस्तै करिब एक महिनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्