बिराटनगरका मेयरको यस्तो कार्य : आगजनीको घटनामा घरबार बिहिनलाई गरे ५० हजार सहयोग

बिराटनगरका मेयरको यस्तो कार्य : आगजनीको घटनामा घरबार बिहिनलाई गरे ५० हजार सहयोग

विराटनगर पुष २१ ,

विराटनगर वार्ड नं ४ मा आगजनीको घटनामा घरबार बिहिन बन्न पुगेका सितारामलाल दासलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले आर्थिक सहयोग गरेका छन् ।

आगजनीमा घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरेका छन् । मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्ताकपडा र ७ दिनसम्म पुग्ने खाद्य सामाग्री समेत प्रदान गरेका छन् । बिहिवार बेलुका बिद्युत सर्ट भएर दासको घरमा आगजनी भएको थियो ।

आगजनीबाट कुनै मानविय क्षती नभएपनि उनको घर पूर्णरुपमा क्षती भएको थियो । महानगरवाट आउने तलव र भत्ता सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका मेयरले मानविय कार्यमा रकम खर्चिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्