सप्तरीमा बलात्कारको घटना : इँटाभट्टामा लगेर १५ वर्षीया किशोरीलाई बलात्कार

सप्तरीमा बलात्कारको घटना : इँटाभट्टामा लगेर १५ वर्षीया किशोरीलाई बलात्कार

सप्तरी पुष २१ । इँटाभट्टा उद्योगमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरेको छ ।

बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले खड्ग नगरपालिका–३ का ३५ वर्षीय राधेश्याम पण्डितविरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरेको जनाएको छ । आरोपि पण्डित इँटाभट्टा उद्योगका लेखापाल हुन ।

पण्डितले किशोरीलाई ललाइफकाइ उद्योगभित्र लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले बुधबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

एक महीनाअघि नै भएको बलात्कार घटना गाउँघरमा नै छलफल गरी मिलापत्र गर्न खोज्दा प्रहरीमा ढिला गरी सूचना आएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताउनुभयो । पीडितकी आमाले बुधबार उजुरी लिएर आएपछि किशोरीको स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्