इनरुवामा मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु

<span class='c1'>इनरुवामा मनमोहन स्मृति कप एक</span> <span class='c2'>दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु</span>

इनरुवा, पुस २१ गते । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवा नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा सदस्यसचिव विष्टले खेलले आर्थिक, सामाजिक, शिक्षा, मानसम्मान सबै प्रदान गर्ने भएकाले खेलको विकास भए नगरको आफँै विकास हुने बताउनुभयो । मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकूद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रूपमा आयोजना गरेको हो । प्रतियोगिताअन्तर्गत पहिलो खेल आज नेपाल पुलिस क्लब र प्रदेश नं २ बीच हुँदैछ ।

प्रतियोगिताका विजेताले नगद रु चार लाख एक हजारसहित शिल्ड पाउने छ भने उपविजेता टोलीले रु दुई लाख एक हजार राशि प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनल पुग्ने दुई टिमले समेत रु २५ हजारका दरले पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा तीन विभागीयसहित सातै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक संस्था शान्तिदीप नेपालका सचिव सुनिल चौलागाईंले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्