विराटनगरको किड्स भिलेजमा बालबालिकाको यस्तो प्रदर्शनी

विराटनगरको किड्स भिलेजमा बालबालिकाको यस्तो प्रदर्शनी

विराटनगर पौष २१ ,

"गुड मर्निङ सर , थिस इज आवर स्टल ... " भन्दै सानासाना बालबालिका आफ्नो स्टलमा आएका आगन्तुकलाई स्वागत गरेर स्टलको बारे बताइरहेका थिए । कार्यक्रम हो विराटनगर -६ स्थित किड्स भिलेज स्कुलले आयोजना गरेको सामाजिक तथा विज्ञान प्रदर्शनी ।

स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा कोहि परिवारको बारे बताइरहेका थिए भने कोही तराई , पहाड र हिमालको बख्यान गरिरहेका थिए । कार्यक्रममा विद्यार्थीहरु आफैंले विभिन्न बस्तुका स्टल लगाएका थिए । केही विद्यार्थी मादल , पियानोको तालमा संगित निकालिरहेको देख्न सकिन्थ्यो ।

विद्यार्थीहरुको किताबमा रहेका बस्तुलाई व्यावहारिक रुपमा चिनाउन उक्त कार्यक्रम आयोजना गरिएको किड्स भिलेजका प्रिन्सिपल विजय दाहालले जानकारी दिए । कार्यक्रममा विद्यार्थी , अभिभावक तथा स्थानीयको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्