विराटनगरको ट्राफिक चोक मै जुत्ताबजारमा चोरी ,ताल्चा फोडेर नगद गायब

विराटनगरको ट्राफिक चोक मै जुत्ताबजारमा चोरी ,ताल्चा फोडेर नगद गायब

विराटनगर पौष २१,

विराटनगरको ट्राफिक प्रहरी कार्यालयबाट १ सय मिटर पनि टाढा नभएको जुत्ताबजार डट कमको पसलमा चोरी भएको छ । शुक्रबार राति उक्त पसलबाट ताल्चा फोडेर नगद चोरी भएको सञ्चालक सुजन लुइँटेलले आवर विराटनगरलाई जानकारी दिए ।

बेलुकी ८:१५ बजे पसल बन्द गरेर गएको र शनिबार विहान पसल खोल्न आउदा पसलमा लगाएका ३ वटा ताल्चा फोडेको अवस्थामा भेटिएको लुइँटेलले बताए । पसलबाट नगद ४८ हजार चोरी भएको तर सामान केही चोरी नभएको उनले बताए । घटनाको बारे प्रहरीलाई जानकारी गराइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । 

विराटनगरको मुख्य बजार साथै ट्राफिक प्रहरी कार्यालयको नजिकै रहेको पसलमा चोरी हुदाँ विराटनगरको शान्तिसुरक्षामा फेरि प्रश्न चिन्ह आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्