कानेपोखरीको रमाईलोमा कलाकार र पत्रकारसहित ७ जना सम्मानित

कानेपोखरीको रमाईलोमा कलाकार र पत्रकारसहित ७ जना सम्मानित

विराटनगर, २१ पुस ।
मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको उज्ज्वल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरूमा कलाकारहरुमा अभिनेता दिपकराज गिरी, निर्देशक तथा निर्मता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पाण्डे, पत्रकार अनिल श्रेष्ठ, साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडालाई सम्मान गरेको हो ।
समाज र राष्ट्रको लागि आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पु¥याएको भन्दै क्बलको वार्षिक उत्सवको अवसर पारेर सम्मान गरिएको उज्वल भविष्य बाल समूहको संरक्षक सदस्य एविन पाठकले जानकारी दिए ।
सम्मानित भएका व्यक्तिहरूलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपप्रमुख राजमती इङ्नाम, क्बलका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएका थिए ।
त्यस्तै सरकारी तथा विभिन्न विद्यालयहरूमा अध्ययरत बालवालिकाहरूलाई क्बलले जाडोको न्यानो कपडा तथा स्कूल जाने ब्यागसमेत वितरण गरेको थियो । क्बलले वार्षिक उत्सवमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष दुलालले जानकारी दिए ।
क्लबको माध्यमबाट बालवाकिलाहरूको क्षमता र दक्षता अभिवृद्धी गर्न उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको अध्यक्ष दुलालले जानकारी दिए । क्बलले बालवालिकाहरूको नेतृत्व विकास गर्न विभिन्न कार्यक्रम समेत गर्दै आएको छ ।
कार्यक्रममा हाँस्यकलाकार समेत रहनुभएको दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुतीले रमाइलोबासीलाई मनोरञ्जन दिईएको थियो । दिपाश्रीले निर्देशन गरेको सुपरहिट चलचित्र ‘छक्कापञ्जा ३’ को चर्चित गीत ‘फन फन घुमेको कम्मरमा, औठी बैना मारे मैले पहिलो नम्बरमा .... बोलको गीतमा नृत्य प्रस्तुत गर्दै स्थानीयले रमाईलो गरेका थिए । त्यस्तै गायक सुमित खड्काले आफ्नो राष्ट्रिय गीत प्रस्तुत गरि रमाइलोबासीलाई नचाए भने गायिका मेनुका पाण्डेले हिन्दी र नेपाली चिर्चित गीत गाएर मन्त्रमग्न बनाइन् । कार्यक्रममा स्थानिय विद्यालयका बालवालिकाहरूले नृत्य र गीत गाएर थप मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्