कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु

कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु

[caption id="attachment_53521" align="alignnone" width="995"] file photo[/caption]

विराटनगर, २१ पुस ।  ५२७ प्रजातिका चरा पाइने कोशीटप्पु वन्यजन्तु आरक्षमा जलचराको गणना शुरु भएको छ। २१ पुसदेखि सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी आसपासमा चरा गणना शुरु भएको हो। कोशी पंक्षी समाजका अध्यक्ष अनिश तिम्सिनाका अनुसार दुई दिनमा गणना सम्पन्न गर्ने योजना छ। उनका अनुसार पहिलो दिन आरक्षभन्दा उत्तरको क्षेत्र र २२ पुसमा आरक्षभित्र गणना गरिने छ। जलपंक्षीको गणना नदीभित्र डुंगामा तैरिएर र नदीको पूर्वी भागमा हिँडेर गरिँदैछ।

२०७३ सालमा भन्दा २०७४ को गणनामा २ हजार ६१५ चरा कम पाइएको थियो। २०७३ सालको गणनामा ५७ प्रजातिका ८ हजार ५६१ चरा फेला परेकामा २०७४ मा ५५ प्रजातिका ५ हजार ९६४ वटा मात्रै रेकर्ड भएका थिए। कोशी पंक्षी समाजका अनुसार गत वर्ष आरक्षभन्दा उत्तरको क्षेत्रमा बढी जलचरा पाइएका थिए। यस वर्ष आरक्षभित्र नदी आसपास बढी चरा पाइने आकलन छ। विगत ३० वर्षको अध्ययनले चराको संख्यामा कमी आएको देखिएको वेटल्याण्ड इन्टरनेशनल नेपालले जनाएको छ। कोशीटप्पुमा चराका प्रजाति घट्दो क्रममा छ। साइबेरियादेखि जाडो छल्न हिउँद याममा चरा उडेर कोशीटप्पुस्थित कोशी नदीमा आउने गर्छन्। सभार : कमल रिमाल, हिमाल खबर पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्