विराटनगरबाट अढाई लिटर डाईलेक्स डिसी सहित महिला पक्राउ

विराटनगरबाट अढाई लिटर डाईलेक्स डिसी सहित महिला पक्राउ

विराटनगर, २१ पुस ।  विराटनगर महानगरपालिका-९ महेन्द्र चौकबाट प्रहरीले  लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका-६ घर भई  बिराटनगर महानगरपालिका-९ बस्ने बर्ष ३५ की मीना रामलाई प्रहरीले पक्राउ गरेकेा हाे ।  विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले  बोतलबाट खाने तेलको ग्यालेनमा भरेर राखेको र कागजमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेकी रामलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्