धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

धनकुटा, २१ पुस ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–३, डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । ट्याक्टर सडकबाट खेतमा खसेको छ । मृत्तक चालकको ठेगाना खुल्न सकेको छैन । दुर्घटना पश्चात मृत्तकको शव धनकुटा अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्