झापामा पूर्वलडाकुको पत्रकार सम्मेलन, आफूलाई विकास निर्माणमा परिचालन गर्न माग

झापामा पूर्वलडाकुको पत्रकार सम्मेलन, आफूलाई विकास निर्माणमा परिचालन गर्न  माग

झापा, २१ पुस ।  पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । शनिबार झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपालका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।

गणतान्त्रिक योद्धाको परिचयपत्र, भरणपोसण, शिक्षा र स्वास्थ्य आफूहरुको मुख्य माग रहेकाले यसलाई सम्बोधन गर्न सरकारसँग उनीहरुको आग्रह छ । पत्रकार सम्मेलनमा बोल्दै पूर्व जनमुक्ति सेना नेपालका सचिवालय सदस्य तथा प्रदेश १ आयोजक समितिका संयोजक राजेश राई (विमल) ले लोकतन्त्रको लागि संघर्ष गर्ने वास्तविक लडाकुले सेवा, सुविधा नपाएको गुनासो गरे । सरकारलाई नै विकास निर्माणमा साथ दिन आफूहरु तयार रहेको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्