विराटनगरबाट मन्त्री पण्डितलाई उपसचिव सञ्जेलको पत्रः श्रम सचिवलाई कारबाही होस्

विराटनगरबाट मन्त्री पण्डितलाई उपसचिव सञ्जेलको पत्रः श्रम सचिवलाई कारबाही होस्

विराटनगर, २१ पुस। उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि बोधार्थ दिइएको छ । जिल्ला निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सिप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो ।निवेदनमा निजामती सेवा ऐन २०४९ विपरित आफ्नो सरुवा भएको भन्दै सञ्जेलले यथास्थानमा काम गर्न पाउनुपर्ने माग गरेका छन् । ६ वटा कारणले आफ्नो सरुवा कानुन सम्बत नभएकाले बदर गर्नुपर्ने उनको तर्क छ ।मन्त्रीस्तरको निर्णय सरकारले बदर गर्ने आशासहित मन्त्री पण्डितलाई निवेदन लेखेको सञ्जलले बताएका छन् । सञ्जेलले हुलाक मार्फतपत्र पठाएको जानकारी दिए । सरकारले सरुवा बदर नगरे अदालत जाने उनले बताए ।श्रम कार्यालयमा आएपछि सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन गर्नर्ुका साथै भ्रष्टाचार विरोधी गतिविधी गरेकै कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ । अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्