किड्स भिलेजमा विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी

किड्स भिलेजमा विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी

विराटनगर, २१ पुस । विराटनगर – ५ मा रहेको किड्स भिलेजले विद्यार्थीलाई लक्षित गरि विज्ञान र सामाजिक शिक्षामा आधारित प्रदर्शनी गरेको छ । अभिभावकहरुको समेत सहभागिता रहेको प्रदर्शनीमा यूकेजी देखि कक्षा ३ सम्मका बालबालिकाहरुले भाग लिएका थिए । शनिवार भएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न शिर्षकमा बनाएका सामाग्रीहरुलाई प्रयोगात्मक तरिकाले कसरी बुझ्न र बुझाउन सकिन्छ भन्ने बारेमा प्रदर्शनीमा देखाईएको थियो ।
बालबालिकालाई प्रतिष्पर्धि, सक्षम र आत्मविश्वासी बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल विजय दाहालले बताए । विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको किड्स भिलेजले आगामी दिनमा पनि नयाँ बिधि र प्रयोग गर्दै बालबालिकालाई सृजनशिल बनाउदै अघि बढ्ने स्कुलका अध्यक्ष मदन खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्