पुर्वमा द्धन्दको समयमा  विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित

पुर्वमा द्धन्दको समयमा  विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित

संखुवासभा, २१ पुस । द्धन्दको समयमा  विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित बनाउने  गरेको छ । संखुवासभा चैनपुर नगरपालिका– ७  मा शुक्रबार बिष्फोटक पदार्थ फेला परेको छ । द्धन्दको समयमा ससस्त्र प्रहरीले आफ्नो ब्यारेक आसपास राखेका विस्फोटक पदार्थ हटाई सकेको दाबी गरे पनि बेलाबेला बिष्फोटक पदार्थ फेला पर्ने गरेका छन् । वडा नम्बर ७ का स्थानियहरुले शुक्रबार पुरानो क्याम्प भित्र रहेका सिद्धमन्दिर जाने बाटो खन्ने क्रममा शंकास्पद अवस्थामा फेला परेपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय चैनपुरलाई खबर गरेका थिए । संकास्पद बस्तु अनुशन्धान गर्दा  बिष्फोटक पदार्थ नै रहेको पुष्टी भएको  प्रहरी कार्यालय चैनपुरका  प्रहरी निरीक्षक मिङमा शेर्पाले जानकारी दिए ।

२ बर्ष अघि नै ससस्त्र प्रहरी पहिले बसेको पुरानो क्याम्प  बाट सारेर २ किलो मिटर टाठा सासरएको छ ।  तर ससस्त्रको पुरानो ब्यारेक भएको स्थानमा  गत बर्ष समेत बिष्फोटक पदार्थ आफै पड्किएको थियो । शुक्रबार बाटो खन्ने क्रममा केही बिष्फोटक पदार्थ भेटिएका पछि नेपाली सेनाको २ नम्बर  बाहिनी हिलेलाई खबर गरीएको  प्रहरी निरीक्षक शेर्पा बताए । उनले भने द्धन्दकालमा क्याम्पको सुरक्षाका गर्ने ससस्त्र प्रहरीले राखेका बिष्फोटक पदार्थ भेटिएको बताए । क्याम्प भित्र भेटिएका बिष्फोटक पदार्थको सुरक्षा अहिले नेपाल प्रहरीले गरिरहेको र हिले बाट नेपाली सेना आइपुगेपछि डिस्पोज गरिने प्रहरी निरीक्षक शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्