विराटनगरमा जारी क्यान ईन्फोटेक आईटी मेलामा ५० प्रतिशतसम्म छुट, विद्यार्थीलाई निशुल्क प्रवेश

<span class='c1'>विराटनगरमा जारी क्यान ईन्फोटेक आईटी मेलामा</span> <span class='c2'>५० प्रतिशतसम्म छुट, विद्यार्थीलाई निशुल्क प्रवेश</span>

विराटनगर, २१ पुस ।
विराटनगरमा जारी सुबिसु क्यान ईन्फोटेकमा सर्बसाधारणको भिडसँगै बिभिन्न आईटममा बिशेष छुटको ब्यवस्था गरिएकोछ । बिभिन्न स्टलहरुबाट बिक्रि बितरण भईरहेको ल्यापटपमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ। त्यस्तै एन्टीभाईरसमा ५० प्रतिशतसम्म छुट दिईएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टीभाईरस हाल्न नजान्नेहरुको लागि मेलामै सिकाईने तर समस्या हुँदा नजिकको बिक्रेताकहाँ गएर निशुल्क सेवा लिन सकिने ब्यवस्था मेलामा गरिएको हो ।
त्यस्तै अन्य एसेसरिजहरुमा पनि २५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । सिसी टिभीको सिसी प्सलको क्यामेरामा २२ प्रतिशतसम्म छुट दिईएको मेला आयोजक समितिका सचिव सुमितकुमार साहले जानकारी दिए । त्यस्तै ईन्टरनेट सेक्युरिटीको खरिदमा एउटा मोवाईल सेक्युरिटी फ्री गरिएको समेत उनले जानकारी दिए ।
मेलामा कम्युटर तथा अहिलेको नयाँ प्रबिधिको बारेमा बिद्यार्थीलाई जानकारी दिने उदेश्यले मेला प्रबेशमा कलेज र स्कुलका बिद्यार्थीलाई निशुल्क प्रबेशको ब्यवस्था समेत गरिएको छ । कलेज तथा स्कुलको तर्फबाट परिचय पत्र र स्कुल पोसाकमा आउने बिद्यार्थीहरुको लागि निशुल्क प्रबेशको ब्यवस्था गरिएको साहले बताए ।
त्यस्तै मेलामा रोवो वार समेत भएको छ । हरेक कलेजले टिम बनेर रोवो वारबाट प्रतिस्पर्धा भईरहेको र यसबाट उत्ृकष्ट हुने टिमले पुरस्कार प्राप्त गर्ने छ ।
शनिवार सार्बजनिक बिदा भएकोले स्मार्ट सिटी र साईबर सेक्युरिटी सम्बन्धी गाउँपालिका, नगरपालिका, बिभिन्न ब्यवसायिक प्रतिष्ठान तथा संघ संस्थाका कम्युटर अधिकृतहरुका बिच कार्यशाला समेत भएको छ । त्यसमा युवाहरुको उल्लख्य सहभागीता रहेको थियो ।  सोमबारसम्म चल्ले मेलामा हरेक दिन साँझ साँस्कृतीक कार्यक्रमको समेत आयोजना गरिएको सचिव साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्