डेढ महिनादेखि उदयपुर जिल्ला अस्पताल प्रसूति सेवाविहीन

<span class='c1'>डेढ महिनादेखि उदयपुर जिल्ला</span> <span class='c2'>अस्पताल प्रसूति सेवाविहीन</span>

गाईघाट, २२ पुस ।  उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ।जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितका दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो।

जिल्ला अस्पताल उदयपुरका प्रमूख डा विष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुनसकेको छैन।

उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको तर अहिले प्रसूति सेवा नै बन्द हुन पुगेपछि जिल्लाका अधिकांश प्रसूतिसम्बन्धी बिरामी उपचारको लागि जिल्ला बाहिर विराटनगर, धरान जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन्।

त्रियुगा नगरपालिका–४ बगाहाका रमानन्द चौधरीले भने, ‘जिल्लामा प्रसूति सेवा सञ्चालन हुँदा सबैलाई सामान्य खर्चमा उपचार हुने व्यवस्था थियो, अहिले प्रसूति सेवा बन्द भएपछि बिरामीले पहिल्यै जिल्ला बाहिर लान ऋण खोजेर पैसाको जोहो गर्नुपर्छ र एम्बुलेन्स तयारी गर्नुपर्ने बाध्यता छ।’ जिल्लाका विकट पहाडी क्षेत्रबाट उपचार गर्न आउने प्रसूतिका बिरामी त एक हप्ताअघि नै घर छाडेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उदयपुर गढीगाउँपालिका–३ भलायाडाँडाका शिवहरि अधिकारी बताउँछन्।जिल्ला अस्पतालजस्तो स्थानमा डेढ महीनादेखि प्रसूति चिकित्सकको अभावमा प्रसूति सेवा नै बन्द हुन पुगे पनि सम्बन्धित निकाय र मन्त्रालयको भने उचित ध्यान जान सकोके छैन। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्