थेसिस’ चोरी नियन्त्रणका लागि त्रिविले थाल्यो ‘सफ्टवेयर’को प्रयोग

थेसिस’ चोरी नियन्त्रणका लागि त्रिविले थाल्यो ‘सफ्टवेयर’को प्रयोग

थेसिस’ अर्थात् शोधपत्रको खुलम खुला ‘व्यापार’ भइरहेको तथ्य अक्सर सार्वजनिक भइरहन्छ । विशेष गरी स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीमा ‘खरीद’ गरेर थेसिस बुझाउने प्रबृत्ति छ । जसको नियन्त्रणका लागि भन्दै त्रिभूवन विश्वविद्यालयले ‘सफ्टवेयर’को प्रयोग गर्न थालेको छ ।

लामो अनुसन्धान, विषयबस्तुको गहिराईमा तथ्यको जोड र नविन निश्कर्ष दिने अनुसन्धानमुलक लेखन ‘थेसिस’ ज्ञानको स्रोत मानिन्छ । तर, सहरका पोल–पोलमा यसरी टाँसिएका विज्ञापनले केही हजारमा ‘थेसिस’को खरिद–विक्री चलिरहेको स्पष्ट हुन्छ । केही हजारमा किन्न पाइने, शोध निर्देशकले किनिएकै ‘कपि’ स्वीकृत गरिदिने र त्यसकैका आधारमा विश्वविद्यालयले उपाधिसमेत दिने भएकाले केही वर्ष यता ‘थेसिस’को विकृति मौलाएको छ ।

दुई वर्षअघि त्रिवि कार्यकारी परिषदले ‘थेसिस’ खरीद–बिक्रीको अनुसन्धान गर्न गठन गरेको छानबिन समितिले ‘बौद्धिक चोरी गर्ने विद्यार्थी र तिनका शोध निर्देशकलाई समेत कारबाहीको दायरामा ल्याउन सुझाव दिएको थियो । तर, कारबाहीका लागि ‘उदार’ नदेखिएको विश्वविद्यालय प्रशासनले समितिकै सुझावअनुसार ‘थेसिस’लाई कम्प्युटरकृत गर्न भने थालेको छ । विद्यार्थीले बुझाएको ‘थेसिस’ कम्प्युटरमा भएकोसँग ‘म्याच’ गर्दा मिलेमा रद्द गरिने विश्वविद्यालयले जनाएको छ ।

‘थेसिस’ खरीद–बिक्रीको यो बजारमा विश्वविद्यालयका नाम चलेका प्राध्यापक, कर्मचारी, क्याम्पसका शिक्षक र विद्यार्थीदेखि फोटोकपी पसलेसम्म संलग्न छन् । विश्वविद्यालय र क्याम्पसको चरम लापरवाही र हेलचेक्र्याइँ, विद्यार्थीमा हुर्किएको ‘कपि–पेष्ट’ मनोविज्ञान र पैसामुखी प्राध्यापकको अनैतिक तथा अविवेकी कामले यो प्रवृत्ति बढेको हो ।

विश्वका कतिपय विश्वविद्यालय तथा क्याम्पसले ‘बौद्धिक चोरी’ थाहा पाउन ‘प्लेजरिजम डिटेक्सन सफ्टवेयर’ को प्रयोग गर्न थालेको वर्षौ भयो । तर, हाम्रो त्रिभूवन विश्वविद्यालयले बल्ल यसको प्रयोग थालेको छ । ३५ हजार भन्दा धेरै ‘थेसिस’ सफ्टवेयरमा राखिएपछि खरिद–विक्री र कपि–पेष्ट प्रबृत्ति पूर्ण निरुत्साहित हुने विश्वविद्यालयको दावी छ ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथा विभागीय पुस्तकालयमा रहेका प्रायःजसो ‘थेसिस’को ‘हार्ड कपी’ र ‘इलोक्ट्रोनिक कपी’ हुन्छ । कतिपयलाई जस्ताको तस्तै, कतिपयको तथ्यांक मात्र परिवर्तन गरेर, कतिपयलाई ‘पाराफ्रेज’ गरेर ‘नयाँ’ थेसिस तयार गरिन्छ । केन्द्रीय पुस्तकालयमा पचास रुपैयाँ तिरेपछि एउटा थेसिसको विद्युतीय प्रति (इलेक्ट्रोनिक कपी) पाइन्छ । यसले पनि थेसिरमा बिकृति बढाइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्