छोराछोरीले आमाबाबुको खातामा निश्चित रकम जम्मा गर्नुपर्ने बाध्यकारी ब्यवस्थाकाे तयारी

छोराछोरीले आमाबाबुको खातामा निश्चित रकम जम्मा गर्नुपर्ने बाध्यकारी ब्यवस्थाकाे तयारी

काठमाडाै, २२ पुस। छोराछोरीले कमाईको निश्चित रकम बाबुआमाको ब्यांंक खातामा जम्मा गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्दै सरकारले कानून निर्माणको तयारी गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाअनुसार ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधयक संसदमा पेश गर्न सरकारले स्वीकृती प्रदान गरेको छ ।

प्रस्तावित विधयकमा सार्वजनिक पद धारणा गरेका, अन्तर्राष्ट्रिय वा अन्तर सरकारी कार्यालयबाट नियमित आम्दानी गर्ने व्यक्तिले बाबुआमाको ब्यांक खातामा मासिक रुपमा रकम जम्मा गर्नुपर्नेछ । त्यसैगरी, प्रचलित कानूनअनुसार स्थापना वा दर्ता भएका संस्थाबाट नियमित रुपमा तलव बुझ्ने, स्वरोजगार तथा अन्य पेशा व्यवसायबाट आम्दानी गर्नेहरु पनि उक्त दायरामा पर्ने मन्त्री बाँस्कोटाले बताए ।

कानून बमोजिम छुट्टै बसेको अवस्थामा पनि रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । बाबुआमा सगोलमा बसेका भए संयुक्त रुपमा र भिन्न बसेको अवस्थामा आफूले पालनपोषण गर्ने आमाबाबुको खातामा रकम जम्मा गर्नुपर्नेछ । त्यसैगरी, विधयकमा आमाबुबाको सुरक्षामा ख्याल गर्नुपर्ने, दुव्र्यवहार गर्न नहुने र झुक्याएर सम्पत्ति लिन नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । यसो गरेको पाइए कानून अनुसार कारबाही गरिने मन्त्री बाँस्कोटाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्