१० औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोटिङ विजयी

१० औँ फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोटिङ विजयी

पाँचथर, २२ पुस । पाँचथरको फिदिममा जारी १० औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लव विजयी बन्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । मोरङ लाई १–० गोल अन्तरले पछि पार्दे स्पोटिङ क्लव विजयी बनेको हो । आजको खेलमा आयोजक स्पोटिङ क्लवका पहिलो हाफको ७ औँ मिनेटमा काचीले गोल गरी टिमलाई विजयी बनाएका थिए । जवाफमा मोरङले सान्तवना मार्फत एक गोल पनि फर्काउन सकेन् । आजको खेलमा उत्कृष्ट खेल पर्दशन गर्ने फिदिम स्पोटिङ क्लवका प्रविन जवेगु म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत भोली एपीएफ काठमान्डौँ र झापा ११ वीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ । आगामी पौष ३० गते फाइनल खेलमा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोटिङ क्लवले जनाएको छ ।झापा ११,ताप्लेजुङ,आयोजक फिदिम स्पोटिङ क्लव,मोरङ ११,त्रिभुवन आर्मी क्लव काठमान्डौँ,एपीएफ क्लव काठमान्डौँ,बिग्रेड ब्वाइज काठमान्डौँ,सरस्वती क्लव काठमान्डौँ,सुनसरी ११,र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्