भोजपुरको जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

भोजपुरको जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

भोजपुर,२२ पुस ।  भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका हसनपुरबाट घोरेटार आउँदै गरेको यात्रुबाहक जीप आइतबार दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।  आइतबार दिउँसो घोरेटार बजारतिर यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, रानीबास दितेनीका गोपाल बस्नेत, दितेनीकै प्रितम राई, आमचोक गाउँपालिका दाबुराङका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १, सुनसरीका जिवन सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेबेले बताए।

घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई र दितेनीकै २५ वर्षीय प्रितम राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि बीपी कोइरााला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्