मोरङका निकिता चाण्डक र पवन कुमार सारडालाई भारतमा प्रतिभा सम्मान

मोरङका निकिता चाण्डक र पवन कुमार सारडालाई भारतमा प्रतिभा सम्मान

विराटनगर, २२ पुस ।
मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडा र पुर्ब नेपाल सुन्दरी निकिता चाण्डकलाई भारतमा सम्मान गरिएको छ । भारतको राजस्थान स्थित जोधपुरमा आयोजित माहेश्वरी ग्लोबल एक्स्पो (औद्योगिक व्यापार मेला) एवं माहेश्वरी समाज महाकुम्भमा सारडालाई प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो ।
सन् २०१९ जनवरी ४ देखि ७ तारिकसम्म एम.जी.सी. २०१९ को नामले संचालन हुने उक्त औद्योगिक व्यापार मेलाको कन्भेन्सन कार्यक्रममा सारडालाई लोक सभाध्यक्ष सुमीत्रा महाजनले सम्मान गरेकी हुन् ।
अध्यक्ष सारडालाई सम्मान गर्ने क्रममा कार्यक्रमका विशिष्ठ अतिथि महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, सांसद् गजेन्द्र सिंह शेखावत, भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, महासभा पदाधिकारीहरुको उपस्थिती रहेको मोरङ ब्यापार संघले जनाएको छ । कार्यक्रममा नेपालकी सुन्दरी निकिता चाण्डकलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्