ईनरुवामा जारी मनमोहन कप क्रिकेटमा नेपाल पुलिसको दोश्रो जित

ईनरुवामा जारी मनमोहन कप क्रिकेटमा नेपाल पुलिसको दोश्रो जित

ईनरुवा, २३ पुस ।
मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा सम्पन्न दोस्रो खेलमा नेपाल पुलिसले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको आयोजक इनरुवा ३२ दशमलव २ ओभरमा ९६ रनमा समेटियो । पुलिसको बलिङ सामू क्रिजमा जम्न नसकेको आयोजक इनरुवा एकपछि अर्को विकेट गुमाउँदै ९६ रनको स्कोरमा समेटिन पुग्यो ।
आयोजक शान्तिदीपका सोनु मण्डलले २४, सोनु अन्सारीले १७ र आमिर अख्तरले १५ रन जोडनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् । पुलिसकालागि सागर ढकालले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७३ रन जोडेको थियो । पुलिसकालागि प्रेम तामाङले १ सय ३७ रनको शतकीय पारी खेलेका थिए ।
आयोजक शान्तिदीप इनरुवाका सोनु मण्डलले १० ओभर बलिङ गर्दै ८० रन दिएर पुलिसको ५ विकेट लिए । प्रतियोगिताको म्यान अफ दी म्याच शतकीय पारी खेलेका पुलिसका प्रेम तामाङ घोषित भए । आजको जितसँगै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत भोलिको खेल गु्रप एका पराजित दुई टिम प्रदेश २ र आयोजक इनरुवाबीच हुनेछ । (मकालु टेलिभिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्