बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस ।
मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ला कबड्डी संघका अध्यक्ष भुवनेश्वर मण्डलले पौष २७ गतेबाट शुरु हुने प्रतियोगिता २९ गतेसम्म संचालन हुने बताए । उनले प्रदेश एकमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता यसक्षेत्रको गौरवको बिषय रहेको समेत उल्लेख गरे ।
तीन बर्षदेखिको निरन्तरको प्रयासपछि यस पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनागर्न लागिएको होे । प्रतियोगितामा बंगलादेश, श्रीलंका र भारतका एकएक टीम सहित नेपालबाट नेपाल आर्मी र नेपाली कबड्डी राष्ट्रिय टोली सहित ५ वटा टीमको सहभागिता रहने आयोजक संघका सचिव उपेन्द्र यादवले जानकारी दिए । प्रतियोगितामा बिजयी हुने टिमलाई नगद पुरस्कार सहित शिल्ड प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्