मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ।  मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ। अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो।  ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन नदिन र भए निःशुल्क उपचार गर्ने उद्देश्यले सो कार्य थालनी गरिएको अस्पतालले जनाएको हो।

विद्यालयमा अध्ययनरत ६ देखि १८ वर्षसम्मका बालबालिकाको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष न्यूनीकरण र निराकरणका लागि मेची आँखा अस्पलात बिर्तामोडले ‘नेपाल रिच प्रोजेक्ट’ सञ्चालन गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुषोत्तम जोशीले बताए।

डा जोशीका अनुसार कार्यक्रममा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गर्दा ७ सय ९३ विद्यार्थीलाई चस्मा सिफारिस गरिएको र जसमध्ये ४ सय ६१ जना विद्यार्थीलाई चस्मा वितरण गरिसकिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्