एक अर्ब लगानीमा पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजारलाई खानेपानीको उपलब्ध गराईने

एक अर्ब लगानीमा पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजारलाई  खानेपानीको  उपलब्ध गराईने

फिदिम, २३ पुस ।   नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

यही बजेटबाट अहिले लिफ्टिङ तथा पम्पिङ प्रणालीका दुई खानेपानी आयोजनाहरू निर्माण भइरहेका छन् । पानीका मुहानहरू सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका स्थानीय बासिन्दाको समस्या समाधानका लागि यासोक क्षेत्र खानेपानी आयोजना र आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बताए ।

खानेपानीको सङ्कट भोगिरहेका सात वडाका स्थानीय बासिन्दाको जनसङ्ख्या जिल्लाको कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो । यासोक आयोजनाको निर्माण कार्य २०७२ पुस १६ गतेदेखि शुरु भएको हो । यो आयोजनालाई प्रसारण लाइन र वितरण लाइन गरी दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको छ । सम्झौता मुताबिक प्रसारण लाइन निर्माणको कार्य २०७४ पुस १५ गतेभित्र सम्पन्न गरिनुपर्ने थियो । तर, परामर्शदाताको कमजोरीका कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा विलम्ब भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्