होटेलमा यौनधन्दा चलाउदै आएका दम्पत्ती नै समातिए

होटेलमा यौनधन्दा चलाउदै आएका दम्पत्ती नै समातिए

बुटवल–

तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।  तुल्सीपुर नगरपालिका १४ घर पई  सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालक थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई र करकापमा समेत पारेर जबर्जस्ती यौनधन्दा चलाएको आरोपमा पक्राउ गरी कार्वाही चलाएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । यौनधन्दाका लागि जबर्जस्ती गरिरहेको बेला त्यस होटलबाट एक महिलाले सुचना दिई छापा मार्दा दुई जना महिला रहेको र एकजना भागेको अर्की महिलालाई उद्धार गरिएको पाण्डेले बताए ।

तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी चौधरी दम्पत्तीलाई मानव वेचबिखन तथा ओसारपसार  ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको प्रहरी प्रमुखको भनाई छ । उनका अनुसार ती दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर बाहिर पनि पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्